अन्जनको गोल निर्णायक बन्दा पाकिस्तानमाथि नेपालको जीत

स्वर्णिम खबर
३० कार्तिक २०७९, बुधबार १९:२०

३० कार्तिक, काठमाडौँ । पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।
बुधवार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले पराजित गरेको हो । नेपालको जितमा अञ्जन विष्टले गोल गरे । उनले खेलको ८३ औँ मिनेटमा गोल गरेका हुन् । गोल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलो कार्ड देखाएका थिए । विश्व फुटबल महासङ्घ (फिफा) ले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेलेको हो । यो सँगै नेपाल र पाकिस्तानबीच अहिलेसम्म १८ वटा खेल भएको छ । जसमा पाकिस्तानले सात र नेपालले छ खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*