हेटौंडा ६ मा ब्याडमिन्टन कोर्ट बनाउने उपमेयर बानियाँको प्रतिबद्दता

स्वर्णिम खबर
१७ असार २०७९, शुक्रबार १३:३३

१७ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडानम्बर–६ स्थित रोहनी एण्ड स्वस्तिक बालउद्यनको खुल्ला क्षेत्रमा आकर्षक ब्याडमिन्टन कोर्ट निर्माण गर्ने उपमहानगरका उपमेयर राजेश बानियाँले प्रतिबद्दता जनाएका छन् ।स्थानीय युवाहरुसंगको छलफलमा उपमेयर बानियाँले यसै आर्थिक वर्षको बजेटबाट कोर्ट निर्माण गर्ने प्रतिबद्दता जनाएका हुन् । यहाँ हेटौँडा उपमहानगरपालिका ६ का ४० जना युवाहरुले दैनिक रुपमा ब्याडमिन्टन खेल्दै आएका छन् ।

कोर्टको अभावमा खुल्ला क्षेत्रमा गेम खेल्दै आएका युवाहरु हावाहुरी र झरीका समय अभ्यास गर्नबाट बन्चित भएपछि उनीहरुले कोर्ट निर्माणका लागि उपमहानगरपालिकालाई आग्रह गरेको स्थानीय युवा राजु थापा मगरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*