एसीसी महिला टि–२० च्याम्पियनसीपमा नेपालको लगातार दोस्रो जित

स्वर्णिम खबर
४ असार २०७९, शनिबार १७:२७

४ असार, काठमाडौँ । मलेशियामा जारी एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले लगातार दोश्रो जीत निकालेको छ ।
शनिबार भएको खेलमा कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा नेपालले आफ्नो बिजयी यात्रालाई जारी राखेको हो । नेपालले दिएको १ सय ८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक ३१ रनको पारी खेल्दा मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन जोडिन् । कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले दुई विकेट निकाल्दा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले समान एक÷एक विकेट लिए । यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक अविजित ३४ रनको योगदान गरिन् । जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । यस अघि च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गर्दै विजयी सुरुआत गरको थियो । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन भने फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*