बागमती प्रदेशसभाः प्रि बजेट छलफल सकियो, १६ गते नीति तथा कार्यक्रम आउने

स्वर्णिम खबर
१४ जेष्ठ २०७९, शनिबार १८:२७

१४ जेठ, हेटौँडा । बागमती प्रदेशसभाको बैठक जेठ १६ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक १६ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका हुन् । आगामी जेठ १६ गते बस्ने प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो । छलफलमा सत्तापक्षका सांसदहरूले धारणा राख्दै सरकारले ल्याएको बजेटको सिद्धान्त र प्राथमिकताले जनताको विषयलाई समेट्न सफल भएको बताएका थिए भने यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले विगतको सरकारले ल्याएका राम्रा योजना काटेको आरोप लगाएका थिए । छलफलमा उठेका प्रश्नहरुको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारले जनतालाई लक्षित गरेर कार्यान्वयनका हुने प्रकृतिको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी आफ्नो सिद्धान्त र प्राथमिकताहरु तयार पारेको दाबी गर्नुभयो । मन्त्री जम्मकट्टेलले विनियोजन विद्येयक माथिको छलफलका क्रममा प्राप्त सुझावहरूलाई नीति तथा कार्यक्रममा समावेश गरिने बताउनुभयो । मन्त्री जम्मकट्टेलले सरकारले कार्यान्वयनमा आउन नसक्ने योजनाहरुलाई रोकेर त्यसको सट्टामा अन्य योजनाहरु अघि सारेको स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*