मतदान केन्द्रहरुमा वाइसिएल खटाइए कारवाही हुन्छः मुख्य निर्वाचन अधिकृतको कार्यालय
२७ वैशाख, हेटौँडा । वाईसिएल मकवानपुरले स्थानिय तह निर्वाचनमा जिल्लाका बुथहरुमा सुरक्षाको लागि भन्दै वाइसिएल खटाउने भएको छ ।
निर्वाचनलाई भयरहित बनाउन र शान्ति सुरक्षा कायम गर्नको लागि वाइसिएल खटाउन लागिएको वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीले बताउनुभयो । जिल्लामा रहेको एक सय ६५ मतदान स्थलहरुमा करिब छ हजारको हाराहारीमा वाइसिएल खटिने उहाले बताउनुभयो । जिल्लामा १ बुथ २५ युथ’ भन्ने नारासहित वाइसिएलले सुरक्षामा खट्न लागेको उहाँले बताउनुभयो । जिल्लामा रहेका संवेदनशिल स्थानहरुमा भने ५० देखी ६० जना खटाइने उनको भनाई छ । यता जिल्लाका बुथहरुमा वाइसिएल खटाए कारवाही गरिने मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो निर्वाचनलाई निष्पक्ष र भय रहित बनाउनको लागि सरकारले नै सुरक्षाकर्मी खटाएको उहाँको भनाई छ । निर्वाचनमा शान्ति सुरक्षाका लागि नेपाल सरकारले नै धरै लगानी गरेर सम्पूर्ण काम गरीरहेको श्रेष्ठले बताउनुभयो ।