मेयर पदमा उम्मेदवारी दिन सुवेदीले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

स्वर्णिम खबर
८ बैशाख २०७९, बिहीबार १७:००

८ वैशाख, हेटौँडा । बागमती प्रदेशका संसद् बिजय सुवेदीले पदबाट राजीनामा दिनुभएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मेयर पदबाट उम्मेदवारी दिन सुवेदीले पदबाट राजीनामा दिनुभएको हो । उहाँले बिहिबार नै सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा पत्र बुझाउनुभयो । चितवनको क्षेत्र नम्बर २ को ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष तीन महिना एक दिन बागमती प्रदेशसभा सदस्यको रुपमा रहनुभएको थियो । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनैपर्ने बाध्यकारी नियम लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*