एमालेको विकल्प अन्य कुनै पार्टी छैनः पुर्व मुख्यमन्त्री पौडेल

स्वर्णिम खबर
१२ चैत्र २०७८, शनिबार १७:४४

१२ चैत्र, हेटौँडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले नेकपा एमालेको विकल्पमा कुनैपनी पार्टी नरहेको बताउनुभएको छ ।
नेकपा एमाले हेटौंडा ७ नम्बर वडा कमिटीको आयोजनामा भएको बृहत बनभोज कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पूर्व मुख्यमन्त्री पौडेलले जनताको रोजाईको पार्टी एमालेमात्रै रहेको भन्दै जनताले अन्य कुनैपनी पार्टीलाई आफ्नो नठान्ने दावी गर्नुभयो । एमाले नेतृत्वको समयमा मात्रै देशकोसमग्र पक्षमा विकास भएको उहाँले बताउनुभयो ।
अहिले अन्य पार्टीका नेताहरु लगाएत महानगर, नगरका मेयर, उपमेयरहरु एमालेमा प्रवेशको सन्दर्भले पनी देशमा एमालेभन्दा अन्य कुनैपनी पार्टीको अस्तित्व नदेखेको पौडेलले बताउनुभयो । यसैगरी उहाँले एमालेको घोषणापत्र अनुसार यो ४ बर्ष कति काम भए भन्नेकुरा जनताले मुल्यांकन गरेको बताउदै देशको समृद्धिको लागि अबको निर्वाचनमा एकबद्द भएर एमालेका प्रतिनिधिलाई बिजय गराउन समेत आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा कांग्रेस र राप्रपाका एकसय २० जना व्यक्तिहरु एमालेमा प्रवेश गरेका छन् । उनिहरुलाई पार्टीका नेता एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।
नेकपा एमाले हेटौंडा ७ नम्बर वडा कमिटी अध्यक्ष कुलप्रसाद त्रीपाठीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, पार्टी जिल्ला उपसचिव सीता बिष्ट, पार्टी प्रचार विभाग प्रमुख धुर्व चौलागाईं, जिल्ला सदस्य तथा युवा इन्चार्ज सन्तोष चौलागाईं, नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनी, उपाध्यक्ष नवराज खतिवडा लगाएत पार्टीका कार्यकर्ताको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*