बागमती प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य

स्वर्णिम खबर
९ चैत्र २०७८, बुधबार १८:०९

९ चैत्र, हेटौँडा । बागमती प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गरिएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार एक सूचना जारी गर्दै बुधबार राती १२ बजेदेखि नै लागू हुने गरी नवौं अधिवेशन बैठक अन्त्य गर्नुभएको हो । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरे अनुसार प्रदेश प्रमुख शर्माले अधिवेशन अन्त्य गर्नुभएको हो । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण करिब ३ महिना अवरुद्ध प्रदेशसभा बैठक पुनः संचालन भएपछि २ वटा बैठक बैठक बसेर नवौं अधिवेशन अन्त्य गरिएको हो । प्रदेशसभाको नवौं अधिवेशन अन्तर्गत १२ वटा बैठकहरु संचालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको पछिल्लो समय बसेको बैठकले २ वटा विधेयक पारित गरेको थियो भने अन्य ३ वटा विधेयकहरु संशोधनको लागि पेश गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*