नेकपा एमाले बागमती प्रदेश कमिटिमा ७९ सदस्य मनोनित

स्वर्णिम खबर
७ चैत्र २०७८, सोमबार १७:४९

७ चैत्र, हेटौँडा । नेकपा एमाले बागमती प्रदेश कमिटिमा ७९ सदस्य मनोनित गरिएको छ ।
एमाले बागमती प्रदेश अध्यक्ष केशब पाण्डेको सभाध्यक्षता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकले चार सय ७७ कमिटीलाई पूर्णता दिन प्रदेशका १२ जिल्लाबाट ७९ जना सदस्य मनोनित गरिएको बागमती प्रदेश कमिटी प्रचार विभाग प्रमुख एवम् उपसचिब महेश बर्र्ताैलाले बताउनुभयो । प्रदेश कमिटी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षीत गरी जनसंगठनहरु परिचालन गर्ने योजना बनाएको छ । बागमती प्रदेशका १ सय १९ वटा स्थानीय तहमा नेकपा एमालेका बीचार पु¥याउन इन्चार्ज, सहईन्चार्ज र सहजकर्ता तोकीएको छ । निर्वाचनमा एमाले बिरुद्ध हुनसक्ने भ्रामक प्रचार प्रसारलाई चिर्दै स्थानीय तहमा आवश्यकता अनुसार रणनिती बनाएर अघि बढ्ने उपमहासचिब बर्तौलाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*