थाइल्याण्ड जाने राष्ट्रिय फुटबल टोलीको आइतबार बिदाई
६ चैत्र, काठमाडौँ । एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार विदाई गरेको छ ।
एन्फाले मुख्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरेर थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई विदाई गरेको हो । नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रिपूर्ण खेल्दै छ । नेपालले चैत १० गते थाईल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्ष क्लव चोनबुरीसँग मैत्रिपूर्ण खेल्दैछ । केही अनुभवि राष्ट्रिय खेलाडीबिना तयारी गरेको नेपालले फिफा वरियतामा सुधार हुने गरी प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताउनुभयो । इन्डोनेसिया र जोर्डन जत्तिकै थाइल्यान्ड भएकाले आफ्नो टोली जित या बराबरीका लागि खेल्ने विदाई कार्यक्रममा प्रशिक्षक अलमुताइरीले प्रतिक्रिया दिनुभयो ।
टोली सोमबार थाइल्याण्ड तर्फ प्रस्थान गर्दै छ । एएफपसी छनोटमा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन र खेल कुवेतमा हुनेछन् । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ ।