स्थानीय तहको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्नेः अध्यक्ष प्रचण्ड
६ चैत्र, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने सम्भावना रहेको दावी गर्नु भएको छ ।
अध्यक्ष दाहालले जनउभार आफ्नो पार्टीको पक्षमा देखिएको उल्लेख गर्दै पहिलो बन्ने सम्भावना रहेको बताउनु भएको हो । आईतबार बिहान पोखराका स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले विगतमा आफ्नो पार्टीलाई मत नदिएर गल्ती गरेको महसुस जनताले गरेको भन्दै स्थानीय तह निर्वाचनमा मतदान गर्ने विश्वास समेत व्यक्त गर्नु भयो । संविधान बचाउने, देश बचाउने, लोकतन्त्र बचाउने र शान्ति प्रक्रियालाई पूर्णता दिने काम माओवादीबाटै सम्भव हुने भएकाले पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न सहज हुने अध्यक्ष दाहालको तर्क थियो । उहाँले स्थानीय तहको निर्वाचनमा कसैको बैशाखी टेकेर नभई आफ्नै बलमा निर्वाचनमा जाने तयारीमा लागिएको पनि दोहो¥याउनु भयो ।
अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भन्दै त्यस प्रक्रियामा सामेल हुन पनि सबैलाई आह्वान गर्नु भयो । उहाँले जनतासँगको सम्बन्धलाई बलियो बनाएर निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।