एमालेलाई चुनाव जित्न कसैको वैशाखी टेक्नु पर्दैनः अध्यक्ष ओली

स्वर्णिम खबर
१ चैत्र २०७८, मंगलवार १७:२२

१ चैत्र, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तिमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गर्नुभएको हो । उहाँले एमालेलाई निर्वाचन जित्नका लागि कसैको बैशाखी टेक्नु नपर्ने पनि दोहो¥याउनु भयो । अध्यक्ष ओलीले आफूहरु प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा रहेकाले प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्ने पनि बताउनुभयो ।
अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्ति बिचको दुई ध्रुवमा रहेको बताउनुभयो । उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो । आफुहरु भने जनताको फैसला मान्ने जनपक्षीय शक्ति रहेको उहाँले जिकिर गर्नुभयो । अध्यक्ष ओलीले एमालेबाट फुटेर जानेहरु पतित भएको संज्ञा दिनुभयो ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन अगाडी अखिल नेपाल महिला संघको सदस्य संख्या १० लाख पु¥याउनुपर्ने बताउनुभयो । पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्दै गाउँ र टोल कमिटीसम्म संगठन विस्तार गर्न उहाँले निर्देशन दिनुभयो । उहाँले नेकपा(एमाले)मा पार्टी प्रवेशको लहर चलेको पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*