सिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा
२६ फागुन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ का कारण रोकिएको र सिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याइरहेको बताउनु भएको छ ।
बिहीवार वीरगञ्जमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले कोरोनाका कारण देशको अर्थतन्त्रमा पु¥याएको क्षतिलाई पुनः पहिलेकै अवस्थामा फर्काउने गरी सरकारले काम गरीरहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएकाले यो बिना देशमा आर्थिक, समाजिक रुपान्तरण हुन नसक्ने बताउनु भयो ।
प्रधानमन्त्री देउवाले अर्थतन्त्र बलियो बनाउनमा घरेलु तथा साना उद्योगको योगदान अनुसार सरकार सहयोग गर्न प्रतिवद्ध रहेको जिकिर समेत गर्नुभयो ।