महिलाहरुले ३३ प्रतिशत नभएर ५० प्रतिशत अधिकार पाउनुपर्छः पूर्व मुख्यमन्त्री शाक्य
२४ फागुन, हेटौँडा । बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले महिलाहरुले ३३ प्रतिशत मात्रै अधिकार नभएर ५० प्रतिशत अधिकार पाउनु पर्ने बताउनु भएको छ ।
मंगलबार १ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले अब महिलालाई ३३ प्रतिशत मात्रै अधिकार नभएर पुरुषसरह ५० प्रतिशत अधिकार पाउनु पर्ने बताउनु हो । उहाँले नेपालको कूल जनसख्याको आधाभन्दा बढी महिला भएकाले पनि पुरुष सरह ५० प्रतिशत समान अधिकारको अवधारणा बनाउनु पर्ने बताउनुभयो । पूर्व मुख्यमन्त्री शाक्यले महिलाहरु इमान्दार, जवाफदेही, पारदर्शी कुशल भएकाले अबको स्थानीय तहदेखि मुलुक हाक्ने तहसम्म महिलाहरुले आफुलाई सक्षम बनाउनु पर्ने जिकिर गर्नु भयो ।
उहाँले महिला÷पुरुष समान रहेकाले महिलालाई हिंसा, विभेद, असमान्ता र दुरव्यवहार गर्ने सम्पूर्ण कुराहरु समाप्त गर्दै महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक बनाउन जरुरी रहेको उल्लेख गर्नु भयो । समय अनुसार महिलाहरुले पनि आफुलाई सक्षम बनाउँदै लानुपर्नेमा उहाँले जोड दिनुभयो ।