एमसीसी संसदबाट पारित गरिएको विरोधमा काठमाडौंमा प्रर्दशन

स्वर्णिम खबर
२० फाल्गुन २०७८, शुक्रबार १९:२०

२० फागुन, काठमाडौँ । एमसीसी संसदबाट पारित गरेको बिरोधमा विभिन्न आठ वटा राजनीतिक दलहरुले काठमाडौंमा बिरोध प्रर्दशन गरेका छन् ।
संसदबाट पारित गरिएको एमसीसी राष्ट्रघाती भएको उल्लेख गर्दै साना बाम राजनीतिक दलहरुले शुक्रबार काठमाडौंको टुँडिखेलमा बिरोध प्रर्दशन गरेका हुन । बिरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसीसी सम्झांैता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिनु भयो । उहाँले त्यसका लागि एकतावद्ध भएर अघि बढन पनि सबै देशभक्त, क्रान्तिकारीहरुलाई आह्वान गर्नु भयो । एमसीसी पारित गरेसँगै संसदको औचित्य समाप्त भएको भन्दै महासचिव चन्दले अव देशलाई जोगाउने दायित्व नेपाली जनताको काँधमा आएको बताउनुभयो ।
यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी कार्यान्वयनमा आएमा नेपालको हालत युद्धरत मुलुकहरु इराक, सिरिया, अफगानिस्तानको जस्तो हुने चेतावनी दिनु भयो । उहाँले एमसीसी राष्ट्रधाती सम्झौंता भएको उल्लेख गर्दै त्यसको प्रतिवादमा उत्रन पनि सबैलाई अपिल गर्नु भयो । अध्यक्ष केसीले अमेरिकीको समर्थनमा निर्वाचन जित्नका लागि ठूला राजनीतिक दलहरुले प्रतिस्पर्धा गरेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौंता पारित गराएको आरोप लगाउनु भयो ।
विरोध सभामा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चासहितका विभिन्न राजनीतिक दलका नेताहरुले एमसीसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा आउन नदिन सशक्त आन्दोलन गरेर अघि बढनुको विकल्प नरहेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*