बागमती प्रदेशसभाको बैठक फागुन २९ गतेको लागि आह्वान
१८ फागुन, हेटौँडा । बागमती प्रदेशसभाको बैठक फागुन २९ गतेको लागि आह्वान गरिएको छ ।
दुई महिनादेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक प्रदेशसभा सचिवालयले बुधबार दिउँसो सूचना टाँसेर फागुन २९ गते दिउँसो १ बजेको लागि आव्हान गरेको हो । यसअघि फागुन १६ गतेका लागि बोलाइएको वैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधसँगै पुस ८ गतेबाट प्रदेशसभाको वैठक स्थगित थियो । एमालेले सरकारसँग जवाफ माग्दै विभिन्न माग राखेर प्रदेशसभामा अवरोध सिर्जना गरिरहेको छ ।