एमसीसी अनुमोदनमा एमालेको अनौपचारिक रुपमा सहयोग छः कांग्रेस प्रवक्ता महत

स्वर्णिम खबर
१६ फाल्गुन २०७८, सोमबार १७:१४

१६ फागुन, काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दावी गर्नु भएको छ ।
सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले सो सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष एमालेले औंपचारिक रुपमा सहभागिता नजनाएपनि अनौंपचारिक रुपमा सहयोग गरेको बताउनु भएको हो । उहाँले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखि संसदबाट पारित गराउन अनौपचारिक ढंगले भएपनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवाद समेत दिनु भयो । सो परियोजना संसदबाट अनुमोदन गराउन परिपक्व, सुझ्बुझ्पूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेपाली जनताले आफ्नो पार्टीको प्रशंशा गरेको प्रवक्ता महतको भनाई थियो ।
प्रवक्ता महतले एमसीसी सम्झौंता पारित गराउन सबै दलको सहयोग रहेसँगै सो बारे जनस्तरमा उठेका भ्रमहरुको पनि निवारण भएको विश्वास व्यक्त गर्नु भयो । उहाँले एमसीसीबारे जनस्तरमा अझै केही भ्रम भए त्यसलाई निवारण गरेर अघि बढन आफ्नो पार्टी लागि रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । एमसीसी परियोजना विशुद्ध विकास सहयोग भएको उल्लेख गर्दै प्रवक्ता महतले त्यसबारे नकारात्मक दृष्टिकोण राखिरहन आवश्यक नभएको तर्क समेत गर्नु भयो । प्रवक्ता महतले एमसीसीको डकुमेन्ट र संसदबाट पारित व्याख्यात्मक घोषणाले पनि एमसीसीबारे नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था नभएको दोहो¥याउनु भयो ।
प्रवक्ता महतले यो परियोजनाको रकम विद्युत प्रशारण लाईन र सडक परियोजनामा खर्च हुने भन्दै त्यसको कार्यान्वयनमा आफ्नो पार्टी केन्द्रित हुने बताउनु भयो । यो परियोजना संसदबाट पारित भएसँगै नेपालको आवश्यक्ता अनुसार बाह्य लगानी आउने नयाँ नजिर स्थापित भएको पनि उहाँले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*