बागमती प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित
१५ फागुन, हेटौँडा । फागुन १६ गते सोमबारका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ ।
प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले विशेष कारण देखाउँदै बैठक अनिश्चितकालको लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुन्दर पन्तले जानकारी दिनुभयो । त्यस्तै प्रदेशसभा बैठक अघि आज दिउँसो १ बजे बस्ने गरी तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्दै आएको प्रदेशसभा बैठक फागुन ४ गते बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि फागुन १६ गतेको लागि तय भएको थियो । १६ गतेको बैठक केन्द्र सरकारमा भइरहेको एमसीसी विवाद र कांग्रेसको मकवानपुरसहित बागमती प्रदेशका केही जिल्लामा भइरहेको अधिवेशनका कारण स्थगित भएको स्रोतले बताएको छ ।