अमेरिकाको दबाबलाई प्रधानमन्त्रीले झेल्न सकेनः झलनाथ खनाल

स्वर्णिम खबर
११ फाल्गुन २०७८, बुधबार १६:१०

११ फागुन, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको बताउनु भएको छ ।
पूर्व प्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठकमा पनि अमेरिकाको दबाबका कारण चाँडो भन्दा चाँडो एमसीसी टुंग्याउनु पर्ने बताएको पनि उल्लेख गर्नुभयो । उहाँले एमसीसीमा रहेका केही शर्तहरु अनावश्यक र आपत्तिजनक रहेको पनि बताउनुभयो । एमसीसी दस्ताबेजको अध्ययन गर्दा एमसीसी पास गरेपछि नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालन गर्नुपर्ने शर्त रहेको र यो नेपालका लागि स्वीकर्य नहुने उहाँले बताउनभयो । पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता ५ वर्षका लागि भनिए पनि केही धारा तथा उपधाराहरुमा यो सदाका लागि रहीरहने उल्लेख गरिएको समेत बताउनुभयो ।
पूर्व प्रधानमन्त्री खनालले अमेरिकी महाशक्तिका सामु नेपाल सरकार नतमस्तक भएर एमसीसी संसदमा पेश गरेको आरोप लगाउनु भयो । पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता दुई सरकारबीच नभइ नेपाल सरकार र अमेरिकी एक निगमबीच भएको बताउनु भयो । उहाँले एमसीसी अन्तर्राष्ट्रिय सम्झौता नभएको भन्दै अमेरिकाले भन्दैमा नेपालको संसदबाट पारित गर्नुपर्ने कुरा स्वीकार्य हुन नसक्ने बताउनु भयो । उहाँले सरकारले नेपालको संविधानको बिरुद्धमा गएर एमसीसी संसदमा पेश गरेको भन्दै यो सरकारको लज्जास्पद कुरा भएको बताउनु भयो ।
पूर्व प्रधानमन्त्री खनालले देशहित बिपरित भइ एमसीसी पास गर्ने अडानमा काँग्रेस हो भने एमालेसँग समीकरण गरेर जान स्वतन्त्र रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री तथा काँग्रेसका अन्य नेताहरुलाई पनि आफूले देशहित विपरितका काममा आफूले साथ दिन नसक्ने भनेको उल्लेख गर्दै एमसीसी पास भए सरकारमा सहभागी दलहरु आ आफ्नो बाटोमा हिँड्नुपर्ने हुनसक्ने बताउनु भयो । पूर्व प्रधानमन्त्री खनालले एमसीसी पास भएपनि आफूहरु देश र राष्ट्रको हितमा निरन्तर रहने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*