नेपाल टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा

स्वर्णिम खबर
९ फाल्गुन २०७८, सोमबार १८:४९

९ फागुन, हेटौँडा । नेपाल आईसीसी विश्वकप टी–२० ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
छनोट अन्तर्गतको आफ्नो अन्तिम तथा तेस्रो खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले दुई विकेट गुमाएर १४ ओभर १ बलमा भेट्टायो । नेपालका लागि कुशल भुर्तेलले अभिजित ३४, दिपेन्द्र सिंह ऐरीले अभिजित २७ रनको योगदान दिए । त्यस्तै आशिफ शेखले १७ रन बनाउँदा कुशल मल्ल पहिलो बलमै आउट भएका थिए । क्यानडाका कलिम साना र सलमान नजरले एक–एक विकेट लिए ।
त्यसअघि ओमानको राजधानी मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले १४ ओभरको अन्तिम बलमा अलआउट हुँदै ८० रन बनाएका थियो । उसका लागि कप्तान नवनित ढलिवालले १८, रायन पठानले १४ रन बनाए । लमान नजारले १० तथा डिलोन हेलिगरले अविजित २४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३, कमल सिंह ऐरी र अभिनास बोहोराले समान दुई–दुई विकेट लिँदा कुशल मल्लले एक विकेट हात पारे ।


नेपालले यसअघि भएका आफ्ना दुवै खेलमा जित निकालेको छ । शनिबार फिलिपिन्सलाई १ सय ३९ रनले पराजित गरेको नेपालले शुक्रबार ३९ रनले आयोजनक ओमानलाई हराएको थियो । आफ्ना तीनै खेलमा जित निकालेसँगै नेपाल ग्लोबल छनोट ‘ए’ को समूह बीको विजेता बनेको छ । अस्ट्रेलिया हुने विश्वकपमा स्थान बनाउनका लागि अब नेपालले समूह ‘ए’को उपविजेता युएईलाई पराजित गर्नुपर्ने हुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*