एमसीसी राष्ट्रको हितमा छ, संसदबाट पास वा फेल जे पनि हुन सक्छः प्रधानमन्त्री देउवा

स्वर्णिम खबर
५ फाल्गुन २०७८, बिहीबार १३:२३

५ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताउनुभएको छ ।
बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ को लोर्कापण गर्दै प्रधानमन्त्री देउवाले आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरिरहेको बताउनुभएको हो । उहाँले एमसीसी पारित गराउने कांग्रेसको सर्वसम्मत् निर्णय अनुरुप आफू लागि परिरहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले एमसीसी परियोजना संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताउनुभयो । उहाँले एमसीसी राष्ट्रको हितमा रहेको दावी समेत गर्नु भयो ।
प्रधानमन्त्री देउवाले कांग्रेसका नेता कार्यकर्ताले पार्टीको प्रचार कम गरिरहेको बताउनुभयो । पार्टीले राम्रो राम्रो काम गरिरहेको भएपनि जस अरुलाई जाने ईष्र्याका कारण पार्टीको प्रचार नगर्ने गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले पार्टीले गरेको राम्रा कामको प्रचार प्रसार पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताउनुभयो । नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
महामन्त्री थापाले नेपाली कांग्रेसले कुनैपनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको दावी समेत गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*