बागमती प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने
४ फागुन, हेटौँडा । बागमती प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने भएको छ ।
सभामुख सानुकुमार श्रेष्ठले बुधबार आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक राख्ने विषयमा सहमति भएको हो । प्रतिपक्षी नेकपा एमालेको लगातारको अवरोधका कारण प्रदेशसभा बैठक पुस ८ गतेदेखि बस्न सकेको छैन । सभामुख श्रेष्ठको सक्रियतामा हेटौंडामा बसेको सर्वदलीय बैठकमा फागुन १५ गते पुनः सर्वदलीय बैठक राख्ने र १६ गते प्रदेशसभा बैठक बोलाउने विषयमा सहमति भएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेशसभाको बैठक राख्ने विषयमा सरकार र सत्तापक्षबीच मतभेद सिर्जना हुँदा प्रदेशसभामा दर्ता भएका ३ वटा विधेकयमाथिको छलफल प्रभावित भएको छ ।