प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको प्रस्ताव दर्ता

स्वर्णिम खबर
१ फाल्गुन २०७८, आईतवार १२:४९

१ फागुन, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ ।
९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए । आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पगेको सचिवालयका वरिष्ठ अधिकारीले जानकारी दिए ।महाअभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका हुन् । प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतको न्यायीक र प्रशासनीक कार्य गर्न असमर्थ भएको भन्दै महाभियोग प्रस्ताव आएको संसद् सचिवालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*