तीनवटै तहको चुनावसम्म गठबन्धन रहन्छः शिक्षा मन्त्री पौडेल

स्वर्णिम खबर
२९ माघ २०७८, शनिबार १७:१०

२९ माघ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दावी गर्नु भएको छ ।
सत्तारुढ माओवादी केन्द्रका नेता समेत रहनु भएका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको पनि बताउनु भयो । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताउनु भयो ।
मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको र गठबन्धन दलका शिर्ष नेताहरुबीच पनि सोही सहमती भएको बताउनु भयो । उहाँले एमसीसी सम्झौंता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढने बताउनु भयो । उहाँले त्यसका लागि सत्तारुढ दलहरुले कार्य दल बनाएर छलफल अघि बढाएको र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि निरन्तर छलफल अघि बढाइएको बताउनु भयो ।
मन्त्री पौडेलले आफूले सार्वजनिक शिक्षालाई सवलीकरण गरेर अघि बढाउन जोड दिएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*