तीन वटै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउँछः अध्यक्ष ओली

स्वर्णिम खबर
२८ माघ २०७८, शुक्रबार १७:०२

२८ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गर्नु भएको छ ।
पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई शुक्रबार भर्चुअल्ली शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र संघीय तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताउनु भएको हो । उहाँले सत्तारुढ गठबन्धनलाई बत्ति निभाएर वा मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि चेतावनी दिनु भयो । आफ्नो पार्टीले निर्वाचनबाट कसैलाई पनि भाग्न नदिने अध्यक्ष ओलीको भनाई थियो । उहाँले देश, जनता, पार्टी र आन्दोलनविरुद्ध षडयन्त्र गरेर पार्टी विभाजन गर्नेहरुको भ्रममा नपरी पार्टीमा फर्किन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आह्वान गर्नु भयो । अध्यक्ष ओलीले आफ्नो पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको पक्षमा असाधारण काम गरेको दावी समेत गर्नु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नगरी एक्लै चुनाव लडने बताउनु भयो ।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भिर खेलबाड गरेको आरोप लगाउनु भयो । उहाँले सभामुख अग्नीप्रसाद सापकोटाले अनधिकृत ढंगले संसदमा निर्णयार्थ पेश गरिएको एमसीसी सम्झौंता अघि बढन नदिएको भन्दै आपत्ति समेत जनाउनु भयो । सभामुख सापकोटाका यस्ता खालका पदीय मर्यादा विपरितका गतिविधिलाई सत्तारुढ गठबन्धनका केही नेताहरुले प्रशंशा गरेकोमा आफूलाई सरम लागेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्ता गतिविधि हुन नदिन सरकारलाई सचेत गराउनु भयो ।
अध्यक्ष ओलीले चुच्चे नक्शा प्रयोग गर्ने काम सरकार र सत्तारुढ दलहरुले नगरेर देश र मुलुकको भौगोलिक अखण्डतामाथि खेलबाड गरिरहेको आरोप पनि लगाउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*