एमसीसीको विरुद्धमा हेटौँडामा प्रदर्शन
२६ माघ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि अमेरिकी सहयोग परियोजना मिलिनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्धमा प्रदर्शन भएको छ ।
बुधबार विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुर, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माले) मकवानपुर, जनता समाजवादी पार्टी मकवानपुरले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हो । एमसीसी सम्झौताको विरुद्धमा उत्रिएका ¥याली वन विज्ञान संस्थान हेटौंडाको प्राङ्गणबाट सुरु भई सीमाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन’, ‘एमसिसी सम्झौता खारेज गर’, ‘गो ब्याक एमसीसी’ जस्ता नाराहरू लगाइएका थिए । कोणसभा कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयन, उन्मुक्त पुस्ता मकवानपुरका लेखक पुरुषोत्तम आचार्य, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका सचिव एदु कुमार, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर इन्चार्ज सागर उप्रेती लगायतले अमेरिकाले आफ्नो स्वार्थ पूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाउन खोजेको आरोप लगाएका थिए ।