राप्रपाबाट अलग भएको कमल थापाको घोषणा
२५ माघ, हेटौँडा । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ ।
हेटौंडामा पत्रकार सम्मेलन गर्दै थापाले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो । पार्टी नेतृत्वले आफ्नो मागको सम्बोधन नगरेकाले नचाहँदा नचाहँदै पार्टीबाट अलग हुने निर्णय बाध्य भएको थापाले बताउनुभयो । थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आउनुभएको थियो । साथै उहाँले केन्द्रीय सदस्य मनोनयनमा पनि अध्यक्ष राजेन्द्र लिङ्देनले एकलौटी गरेको आरोप लगाउनुभएको थियो । पत्रकारसंग कुुराकानी गर्नुहुँदै उहाँले पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग हुनुपरेको बताउनुभयो ।