बकैयाकी खत्री ७ सय ९८ एम्पुल लागुऔषध सहित पक्राउ

स्वर्णिम खबर
२२ माघ २०७८, शनिबार १३:५१

२२ माघ, हेटौँडा । मकवानपुर प्रहरीले लागु औषध सहित एक जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नं. ४ छतिवन घर भई हाल हेटौंडा १९ बस्तीपुरमा डेरा गरी बस्ने २९ वर्षीय नानी माया खत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो । खत्रीको साथबाट लागू औषध डाईजेपाम २ सय ८० एम्पुल, फेनार्गन २ सय ६८ एम्पुल र नुफिन २ सय ५० एम्पुल समेत गरी ७ सय ९८ एम्पुल बरामद गरेको प्रवक्ता दासले बताउनुभयो ।


माघ २१ गते प्राप्त सुचनाको आधारमा खटिएको प्रहरी टोलीले खत्रीको कोठामा लुकाइ छिपाई राखेको अवस्थामा उक्त परिमाणको लागुऔषध फेला पारेको हो । उक्त लागुऔषध सहित खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*