पहिलो सय दिनमा उल्लेख्य काम भयोः मुख्यमन्त्री पाण्डे

स्वर्णिम खबर
२१ माघ २०७८, शुक्रबार १७:४०

२१ माघ, हेटौँडा । राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेश सरकार गठन भएको एक सय दिन पुरा भएको छ ।
सामाजिक विकास मन्त्रालयको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री पाण्डेले ६७ बुँदामा आफ्नो सय दिनका मुख्य उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ । उहाँले आफु नेतृत्वको सरकारले पहिलो सय दिनमा उल्लेख्य काम गरेको दाबी गर्नुभएको छ ।
सरकारले प्रदेशको आर्थिक, सामाजिक रुपान्तरण गर्न, नागरिकलाई सरल एवम् सहज गुणस्तरीय सेवा प्रवाह गर्न, पूर्वाधार विकासलाई व्यवस्थित तथा सुशासन प्रवर्द्धन गर्न प्रदेश सरकार नियमावलीमा केही हेरफेर गरी मन्त्रालयको संख्यामा केही वृद्धि गरिएको बताउनुभयो । यसबाट सरकारको काम छिटो तथा पुँजीगत खर्च प्रभावकारी रूपमा वृद्धि हुने र जनताले सहज सेवा पाउने विश्वास लिइएको मुख्यमन्त्री पाण्डेको दाबी थियो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको निर्णयलाई प्रभावकारी कार्यान्वयन एवम् व्यवस्थित गर्न मन्त्रिपरिषद् समितिका संयोजक तथा सदस्य तोक्ने कार्य गरिएको, प्रदेश सरकारको सचिवालय तथा प्रशासनिक भवनहरु निर्माण गर्न ुप्रशासकीय भवनका लागि जग्गा पहिचान समिति गठनु गरी आवश्यक कार्य अघि बढाइएको उल्लेख गर्नुभयो । उहाँले चालु आर्थिक वर्षभित्रै जग्गा पहिचान गरेर प्रशासकीय भवन निर्माणको प्रक्रिया अघि बढाइने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले आफ्नो अध्यक्षतामा नेपाल सरकारका मुख्य सचिवको उपस्थिति र सातवटै प्रदेशका प्रमुख सचिवको सहभागितामा अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भई प्रदेशका समस्या समाधान गर्न ११ बुँदे प्रतिवद्धता पत्र जारी गरिएको पनि बताउनुभयो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, राज्यमन्त्रीहरु, सचिवहरु, आयोगका प्रतिनिधि, प्रदेशसभा सदसय लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*