मोरिससविरुद्ध नेपालको संघर्षपूर्ण जीत, ३ खेलाडीलाई रातो कार्ड

स्वर्णिम खबर
१८ माघ २०७८, मंगलवार १९:१३

१८ माघ, हेटौँडा । मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले १–० गोलले जित दर्ता गरेको छ ।
दशरथ रंगशालामा भएको खेलको ११ औं खेलमा सुजल श्रेष्ठले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरे पनि नेपालका आशिष लामाले प्रहार गरेका बलमा पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै मिलाएको बलमा सुजलले गोल गरेका हुन् । लगत्तै मोरिससले बराबरी गर्ने अवसर पाए पनि मरिसस चुक्दा नेपालले जितेको हो । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि मोरिससले पेनाल्टी पाएको थियो । तर, १३औं मिनेटमा मोरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे । खेलको ७० औं मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । नेपालका पुजन उपरकोटीलाई पनि रातो कार्ड देखाउदै रेफ्री नविन्द्र महर्जनले मैदानबाट बाहिर पठाए । यस्तै ७८ औं मिनेटमा मरिसस ९ खेलाडीमा समेटियो । गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए । यस जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*