बागमती प्रदेशमा राष्ट्रियसभाको मतदान जारी , २ पदका लागि ६ जना चुनावी मैदानमा

स्वर्णिम खबर
१२ माघ २०७८, बुधबार ११:५०

१२ माघ, हेटौँडा । बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभाका दुई सदस्य पदका लागि मतदान प्रकृया सुरु भएको छ ।
हेटौंडा–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । ९ बजे सुरु हुने भनिएको मतदान पानी परेका कारण निर्धारित समय भन्दा ४० मिनेट ढिलो सुरु भएको हो । सत्ता गठबन्धनका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन् । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एस), जनता समाजवादी पार्टी र जनमोर्चा रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा वाग्मतीमा ३ सय ४६ मतदाता रहेका छन् । मतदातामा प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३७ रहेका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १०९ जना प्रदेश सभा सदस्यको ५ हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार रहेको छ । जसअनुसार वाग्मतीमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*