नेपाल यो वर्ष पनि भ्रष्टाचार व्याप्त देश

स्वर्णिम खबर
११ माघ २०७८, मंगलवार १७:४७

११ माघ, काठमाडौँ । नेपालमा भ्रष्टाचार नघट्दा सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ ।
भ्रष्टाचारविरुद्ध कार्यरत अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपालमा भ्रष्टाचारको अवस्था उस्तै रहेको जनाएको छ । नेपालले गत वर्षकै यस वर्ष पनि एक सयमा ३३ अंक पाएर भ्रष्टाचार व्याप्त मुलुकहरूको एक सय १७ औं स्थानमा रहेको छ । १ सय ८० वटा मुलुकमा गरिएको अनुसन्धानमा नेपाल एक सय १७ औं स्थानमा रहेको हो । अघिल्लो र यस वर्ष अंक उस्तै रहनुले भ्रष्टाचार नियन्त्रण नभएको देखिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । प्रतिवेदन अनुसार एक सय ८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड १०० मा ८८ अंक पाएर सबै भन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने दक्षिण सुडान ११ अंकका साथ सबैभन्दा बढी भ्रष्ट मुलुकको सूचीमा दरिएको छ । सन् १९९५ देखि वर्षेनी सार्वजनिक गर्दै आएको ट्रान्सपरेन्सीको यस सूचीमा नेपाललाई भने सन् २००४ देखि समावेश गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*