मकवानपुरमा बुधबार ८२ जनामा कोरोना संक्रमण पुष्टि

स्वर्णिम खबर
२८ पुष २०७८, बुधबार १७:३४

२८ पुस, हेटौँडा । मकवानपुरमा बुधबार ८२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार बुधबार ५३ जनाका पिसिआर र २९ जनाको एन्टिजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै मकवानपुरमा कोरोना संक्रमित हुनेहरुको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म मकवानपुरमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या १५ हजार ३ सय ३९ पुगेको छ । यसैगरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । हालसम्म मकवानपुरमा १ सय ६८ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*