बागमती प्रदेशको मुख्यन्याधिवक्तामा धादिङका श्याम नारायण श्रेष्ठ

स्वर्णिम खबर
२६ पुष २०७८, सोमबार १८:०५

२६ पुस, हेटौँडा । बागमती प्रदेशको मुख्यन्यायधिबक्तामा श्याम नारायण श्रेष्ठ नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शमाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा श्रेष्ठलाई मुख्यन्यायधिबक्तामा नियुक्त गर्नुभएको हो । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका वडा नम्बर २ हटिया निवासी श्रेष्ठले सोमबार नै पदभार तथा गोपनियताको शपथ ग्रहण गरेर पदभार समेत ग्रहण गर्नुभयो । उहाँलाई उच्च अदालत पाटनका मुख्यन्यायाधिश नृपध्वज निरौलाले पद तथा गोपनियताको शपथ खुवाउनुभएको थियो । शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री पाण्डे सहित आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कृण्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईं लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*