नेता बानियाँद्वारा राक्सीराङमा ७ सय घरपरिवारलाई न्यानो कपडा वितरण

स्वर्णिम खबर
२६ पुष २०७८, सोमबार १७:५६

२६ पुस, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा राक्सीराङ गाउँपालिकाका विपन्न चेपाङ तथा तामाङ परिवारलाई सोमबार न्यानो कपडा (कम्वल) वितरण गरिएको छ ।
स्थानीय चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित विकट राक्सीराङ गाउँपालिका ४ रतुवाका ४ सय ७५ घरपरिवारलाई सोमबार न्यानो कपडा वितरण गरिएको हो ।कांग्रेस राक्सीराङ गाउँपालिका ४ का वडा सभापति विकास ब्लोनको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा रतुवाका ४ सय ७५ घरपरिवार र राक्सीराङकै सुर्योदय माविको छात्रावासका विद्यार्थीहरुलाई ४० थान न्यानो कपडा कम्वल वितरण गर्नुभएको थियो भने बाँकी १ सय ८५ थान न्यानो कपडा अवस्था हेरेर स्थानीयलाई वितरण गर्न कांग्रेस राक्सीराङ गाउँपालिका सभापति बीरेन्द्र जिम्बालाई हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै नेता बानियाँले आफूले निर्वाचन जितेर गएपछि यसभेगका जनतालाई सहयोग गरिरहेको र भोलिका दिनमासमेत दिलोज्यान दिएर जनताको सेवामा लागिरहने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा २ का संघीय सभापति लोक मोक्तान, काठमाडौं क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति कबिर शर्मा, महाधिबेशन प्रतिनिधि उपेन्द्र कार्की, कांग्रेसका जिल्ला सदस्य एवं राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, जिल्ला सदस्य एवं राक्सीराङ ८ का वडाअध्यक्ष रामकृष्ण प्रजा, राक्सीराङ गाउँपालिका सभापति बिरेन्द्र जिम्बा, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, राक्सीराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, राक्सीराङ गाउँपालिका ४ का तरुण सभापति हिरालाल भ्लोन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*