माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

स्वर्णिम खबर
२६ पुष २०७८, सोमबार १५:४९

२६ पुस, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणको दर बढेसँगै आइतवार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई दिएको सिफारिस अनुसार विद्यालय बन्द गर्न लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले माघ १५ गतेसम्म देशभरका सबै आधारभुत र माध्यामिक विद्यालय बन्द गर्नका लागि मन्त्रालयले सूचना जारी गर्ने बताउनुभयो । उहाँले विदाको अवधिमा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयहरुले अनलाइन माध्यमबाट पठन पाठन जारी राख्नुपर्ने पनि बताउनुभयो । मन्त्रालयका प्रवक्ता शर्माले विद्यालय बन्द भएको बेलामा सबै विद्यालयहरुले १२ वर्षदेखि १७ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई खोपको प्रवन्ध गरिने पनि बताउनुभयो । विश्वविद्यालयको परिक्षाहरु भने सञ्चालन हुने उहाँले स्पष्ट पार्नुभयो । विद्यालय बन्द भएको बेलामा खोपलाई अभियानको रुपमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*