प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ

स्वर्णिम खबर
१४ पुष २०७८, बुधबार १६:१६

१४ पुस, हेटौँडा । बागमतीको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले बुधबार शपथ लिएका छन् ।
प्रदेश सरकारको पुस ९ गतेको मन्त्रीपरिषद्को बैठकले चितवनका डा. कृष्णराज पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । यस्तै आयोगको सदस्यमा मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल पनि नियुक्त हुनुभएको छ । बुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले उपाध्यक्ष पन्त सहित दुई जना सदस्यहरु लामिछाने र नेपाललाई शपथ ग्रहण गराउनुभएको हो । जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी प्राप्त गरेका उपाध्यक्ष पन्त विकेन्द्रीकरण तथा सार्वजनिक सेवा प्रवाह विषयका विज्ञ हुनुहुन्छ । आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले आजै पदभार पनि ग्रहण गरेका छन् ।

मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष १ र सदस्य ४ गरी पाँच सदस्यीय मनोनित पदाधिकारी रहने व्यवस्था रहेको छ । समावेशीता क्षेत्रबाट महिला अनिवार्य सदस्य रहने गरी थप दुई सदस्य नियुक्त गर्ने मुख्यमन्त्री पाण्डेको तयारी छ । प्रदेश नीति तथा योजना आयोगमा पदाधिकारीको नियक्तिसँगै आवधिक योजनाको समिक्षा तथा आगामी वर्ष २०७८÷७९ को योजना तर्जुमा प्रक्रिया अघि बढ्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*