साढे ६९ किलो गाँजासहित ३ जना पक्राउ
१३ पुस, हेटौँडा । मकवानपुर प्रहरीले ६९ किलो ५ सय ग्राम लागूऔषध गाँजा र अटोसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अटो चालक कैलाश गाउँपालिका वडा नम्वर– ५ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर–७ कमाने बस्दै आएका ३४ बर्षीय सिताराम मोक्तान, कैलाश गाउँपालिका वडा नम्वर– १ बस्ने ३३ बर्षीय अमरबहादुर गिरी र सोही स्थान बस्ने २६ बर्षीय इन्द्रबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । विशेष सूचनाको आधारमा हेटौँडा १ स्थित पालुङ बसपार्कमा ना १ ह ७६३८ नम्वरको अटोलाई चेकजाँच गर्दा तरकारीको बोरा भित्र लुकाई छिपाई ल्याइएको अवस्थामा १० वटा पोकाको साढे ६९ किलो गाँजा बरामद प्रहरी उपरिक्षक गुरुङले बताउनुभयो । उक्त लागुऔषध गाँजा र अटीसहित तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।