चुनाव हारे प्रधानमन्त्रीबाट हटाउँछ, मलाई जिताउनुस्ः प्रधानमन्त्री देउवा

स्वर्णिम खबर
२६ मंसिर २०७८, आईतवार १३:५२

२६ मंसिर, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले १४ आँै महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताउनु भएको छ ।
आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताउनु भएको हो । प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले यो आफ्नो अन्तिम बेला भएको र सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकोले पनि जित्नै पर्ने दबाव रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरुलाई लिएर स्थानिय तहदेखि केन्द्रिय तहसम्मको सरकार बनाउने बताउनु भयो । उहाँले आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने र नेपाली काँग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धतासमेत जनाउनु भयो । प्रधानमन्त्री देउवाले राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने भन्दै प्रजातन्त्र बिनाको देश कल्पना गर्न नसकिने बताउनु भयो । प्रधानमन्त्री देउवाले प्रजातन्त्र आजको आवश्यक्ता भएको उल्लेख गर्नु भयो । उहाँले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारमा भएको कोलाहल आफू नेतृत्वमा पुगेपछि शान्त भएको बताउनु भयो । प्रधानमन्त्री देउवाले अहिलेको समयमा काँग्रेस पार्टीले जित्न जरुरी रहेको र आफ्नो पार्टीले जितेको खण्डमा मात्रै देश अघि बढ्न सक्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले नेपालको संविधान बचाउन, आदिवासी, जनजातीको हक अधिकार सुनिश्चित गर्न, महिलाहरुलाई उचित अधिकार प्रदान गर्न आवश्यक रहेको बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*