ओलीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण
१४ मंसिर, काठमाडौँ । दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएको छ ।
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएका अध्यक्ष ओलीलाई पार्टी निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मंगलबार साँझ पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।चितनवको सौंराहामा सम्पन्न राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा ओलीले १८३७ मत ल्याई अध्यक्षमा निर्वाचित हुनु भएको थियो भने उहाँका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुले अध्यक्ष ओलीबाट पद तथा गोपनियताको सपथ लिनु भएको छ । एमालेका केन्द्रिय अनुशासन आयोगका अध्यक्ष केशव बडाल र लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेललाई निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले सपथ खुवाउनु भएको छ भने भने केन्द्रिय अनुशासन आयोगका सदस्यहरुले अध्यक्ष बडालबाट र लेखा आयोगका अध्यक्ष कँडेलले सोही आयोगका सदस्यहरुलाई सपथ खुवाउनु भएको छ ।