एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

स्वर्णिम खबर
१४ मंसिर २०७८, मंगलवार १८:५९

१४ मंसिर, काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ ।
चितवनको सौराहामा सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय ४० मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका अर्का प्रत्यासी भिम रावलले दुई सय २३ मत ल्याउनुभएको हो । अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भए पनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो । चुनावमा ओलीले रावललाई ठूलो मतान्तरले हराउनुभएको हो । ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै अध्यक्षसँगै उपाध्यक्ष र सचिव पदमा पनि निर्वाचन भएको थियो । निर्वाचन भएका सबै पदमा केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवारहरुले जित हासिल गरेका छन् । उपाध्यक्षमा उम्मेदावारी दिएका घनश्याम भुसाल र सचिवमा उम्मेदवारी दिएका भिम आचार्य र टंक कार्की भने पराजित भएका छन् । यस्तै यसअघि नै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*