देशका लागि एमालेले बहुमत ल्याउँछः ओली
१० मंसिर, चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशका लागि एमालेले बहुमत ल्याउने बताउनुभएको छ ।
शुक्रवार नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तब्य दिनुहुँदै उहाँले पार्टी जनमत र निर्वाचनको तयारी जुटिसकेको पनि स्पष्ट पार्नुभयो । मुलुकमा राजनीतिक समस्या समाप्त भइसकेको भन्दै उहाँले शान्तिपूर्ण अवस्थालार्ई कायम गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउनु आजको आवश्यकता रहेको औल्याउनुभयो । संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि पनि एमालेले बहुमत ल्याउनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । यसैबीच उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुबीच सद्भाव, छलफल र संविधान मार्फत् हरेक समस्याको समाधान निकाल्ने बताउनुभएको छ । नेकपा एमालेले सरकारका विविध विधान अनुसार थिती बसाल्ने काममा साथ दिनुपर्ने पर्नेमा बताउनु भयो । प्रधानमन्त्री देउवाले अध्यक्ष ओली र आफू जेलमेट भएको बताउँदै त्यो बेला भोगेको दुःखलाई ध्यानमा राखेर अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री देउवासहित संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिनुभएको थियो ।