गठबन्धन सरकार चुनावसम्मै रहन्छः प्रधानमन्त्री देउवा

स्वर्णिम खबर
१८ कार्तिक २०७८, बिहीबार १२:१६

१८ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार चुनावसम्मै रहने दाबी गर्नुभएको छ ।
बिहीवार बेलायतमा भएको कोप २६ कार्यक्रममा सहभागी भएर नेपाल फर्कनुभएका प्रधानमन्त्री देउवाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठबन्धन सरकार चुनावसम्मै रहने दाबी गर्नुभएको हो । प्रधानमन्त्री देउवाले एमसीसीको अध्यक्षलाई भेटेर नेपालमा अब छिटै पत्रकार सम्मेलन गरी एमसीसी पास गर्ने बताएको जानकारी दिनुभयो । उहाँले बेलायतमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग एयरस्पेस लगायत देशका विभिन्न समस्याहरुका बारेमा कुरा गरेको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनी अन्तर्र्राष्ट्रिय विमानस्थल सञ्चालनपछि भारतको भूमि हुँदै विमानहरु अन्यत्र जानुपर्ने भएकोले त्यस सम्बन्धमा पनि कुरा गरेको बताउँदै नेपालप्रति भारतको सद्भाव देखिएको बताउनुभयो । प्रधानमन्त्री देउवाले भारतले आफ्नो देशमा युरिया मलको अभाव हुँदाहुँदै नेपाललाई मल उपलब्ध गराएको बताउँदै भारतलाई धन्यवाद दिएको बताउनुभयो । उहाँले बेलायती रक्षामन्त्रीले नेपाली गोर्खा सैनिकको समस्या समाधान गर्ने बताउनुभएको पनि जानकारी गराउनुभयो । प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नेपाललाई आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको बताउनुभयो । उहाँले नेपालमा हरित ग्याँस घटाउने कुरा आफूले कोप २६ मा राखेको बताउँदै सबै देशले यसमा सहयोग गर्ने र कार्बन उत्सर्जन कम गर्नेमा प्रतिवद्धता जनाएको बताउनुभयो । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको बताउँदै मोदीले आफूलाई भारत भ्रमणको निम्तो दिएको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*