अल्मुताइरी र एन्फाबीच सन् २०२४ सम्म सम्झौता
१६ कात्तिक, काठमाडौँ । दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा पहिलो पटक फाइनल पु¥याएका प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन २०२४ सम्मका लागि आज सम्झौता भएको छ ।
नेपाल फर्किएपछि पहिलोपटक अबदुल्लाह आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय र अलमुताइरीबीच नेपालको जर्सीसहित २०२४ सम्मका लागि औपचारिक सम्झौता भएको हो । साफ च्याम्पियनसिप अघि नेपाल नफर्किने भन्दै छाडेका प्रशिक्षक अलमुताइरी सम्झौता भएसँगै नेपाल फर्किएका हुन । आज भएको पत्रकार सम्मेलनमार्फत उनी आगामी तीन वर्षको योजना सहित सार्वजनिक भए ।साफ अघि नेपालमै रहँदा पनि एन्फाका उपाध्यक्षसँगको विवाद पछि राजीनामा दिने घोषणा गरेका अबदुल्ला अलमुताइरी गत सातामा कतार फुटबल सँगको सम्झौता पश्चात नेपाल फर्किएका हुन् । नेपाली राष्ट्रिय टोलीसँगको नयाँ सम्झैतापछि आफू खुसी भएको बताउँदै अबदुल्लाह नेपाली समर्थक र खेलाडीको मायाले नेपाल फर्किएको बताए ।अलमुताइरीले प्राप्त गर्ने तलब कतार फुटबल संघले उपलब्ध गराउनेछ । एन्फाले नेपाल बस्ने क्रममा यातायात र सञ्चारका केही रकम दिँदै आएको छ । तीन चरणमा काम गर्ने योजना सार्वजनिक गरेका अलमुताइरीले सुरुवाती पहिलो चरणको एसिया कप छनोटका कार्यक्रम मात्र सार्वजनीक गरेका छन् । जस अन्तर्गत राष्ट्रिय टिमको प्रशिक्षक र मैत्रीपूर्ण फुटबल खेलको तालिका योजनामा रहेका हुन । यस्तै विश्वकप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको छ ।