बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गर्नु जरुरीः राष्ट्रपति भण्डारी

स्वर्णिम खबर
१४ कार्तिक २०७८, आईतवार १८:२९

१४ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गर्दै अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताउनुभएको छ ।
आइतवार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मानव जातिले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गरेर अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुन सक्ने बताउनुभएको हो । उहाँले नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सहअस्तित्व तथा समानताको सन्देश विश्वभर फैलाएकोमा सम्पुर्ण नेपालीले गर्वको अनुभुति गरेको पनि उल्लेख गर्नुभयो । नेपालीहरु आपसमा सद्भाव साथ मिलीजुली बसी विश्व समुदायलाई नै अंहिसा र शान्तिको सन्देश दिइरहेको उहाँले बताउनुभयो । राष्ट्रपति भण्डारीले लुम्बिनीलाई बुद्ध संस्कृतिसँग जोडिएको आकर्षक र मौलिक पूर्वाधारको विकास गरी पर्यटकिय क्षेत्र बनाउनुपर्नेमा जोड दिनुभयो । यसो गर्दा स्थानीय समुदायको जिवनमा पनि समृद्धि हासिल हुने उहाँको भनाई छ । उहाँले लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि गुरुयोजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो । यहाँको ऐतिहासिक, पुरातात्विक महत्वका संरक्षणसहित बुद्ध सर्किट विकास गरी मौलिक पहिचानलाई विश्वासामु प्रस्तुत गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक र सुविधासम्पन्न बनाउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । साथै लुम्बिनीमा खानेपानी, बिजुली, ढल निकास लगायतको विषयमा सम्बन्धित निकायले ध्यान पु¥याइ उत्कृष्ट बस्ती बनाउनुपर्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*