बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुद्वारा शपथ ग्रहण

स्वर्णिम खबर
११ कार्तिक २०७८, बिहीबार १७:४०

११ कात्तिक, हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
बिहीवार नै मुख्यमन्त्रीमा नियुक्त हुनुभएको पाण्डेले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दिउँसो मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ लिनुभएको हो । त्यसैगरी प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला मन्त्रीमा कृष्णप्रसाद खनाल, भौतिक पूर्वाधार मन्त्रीमा कृष्णलाल भँडेल र सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानलाई सपथ ग्रहण गराउनुभएको छ ।

बागमती प्रदेशमा नेकपा(एकीकृत समाजवादी)को नेतृत्वमा नेकपा(माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहितको गठबन्धनको सरकार बनेको छ । मुख्यमन्त्री पाण्डे एकीकृत समाजवादीको संसदीय दलको नेता हुनुहुन्छ भने खनाल एकीकृत समाजवादी, भँडेल नेपाली कांग्रेस र मोक्तान माओवादी केन्द्रको तर्फबाट मन्त्री बन्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*