विश्वासको मतसम्बन्धी छलफलपछि बागमती प्रदेशसभा कात्तिक १० गतेसम्म स्थगित

स्वर्णिम खबर
४ कार्तिक २०७८, बिहीबार १९:२८

४ कात्तिक, हेटौँडा । बागमती प्रदेश सभाको अर्को बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको छ ।
प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको अर्को बैठक आउँदो १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । त्यो बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि थप छलफल हुने सभामुख श्रेष्ठले बताउनुभयो । बिहीवार दिउँसोे बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल भएको थियो । मुख्यमन्त्री शाक्यले संसदमा विश्वासको मत माग्दै सरकारले गरेको ६२ दिनको कामका बारेमा सांसदहरूलाई जानकारी गराउनुभएको थियो । बैठकमा मुख्यमन्त्री शाक्यलाई गठबन्धन सहीत अन्य साना दलले विश्वासको मतदिन अस्विकार गरेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको थियो । बैठकमा सत्तापक्ष नेकपा एमालेका तर्फबाट नेता रामेश्वर फुँयाल मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्ताव माथिको छलफलमा सहभागी हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*