इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश

स्वर्णिम खबर
२७ आश्विन २०७८, बुधबार १९:१३

२७ असोज, हेटौँडा । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेसंगै नेपाल इतिहास रच्न सफल भएको हो । मालेस्थित नेशनल स्टेडियममा भएको खेलका नेपालले नवौं मिनेटमा नै गोल खाएको थियो । कर्नरको बलमा सुमन रेजाले हेड गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो फमा नेपालले गोल फर्काउने प्रयास गरेपनि सफल भएन । दोस्रो हाफमा बंगलादेशले केही रक्षात्मक खेल खेल्यो । खेलको ८२ औं मिनेटमा वान भर्सेस वानमा रहेका नेपाली खेलाडीलाई फल गरेपछि बंगलादेशी गोलरक्षक जिकोले रातो कार्ड पाए । १० खेलाडीमा झरेको बंगलादेश दबावमा आयो र अञ्जन विष्टलाई डिबक्स एसियामा नै लडाउन पुगे । नेपालले पेनाल्टी पायो, जसमा अञ्जनले नै सहजै गोल गरे ।सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो संस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । बराबरीसँगै ७ अंक जोडेको नेपाल फाइनलमा पुगेको छ भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ । अब उपाधिका लागि नेपालले भारत र माल्दिभ्स मध्ये एकसँग खेल्नेछ । यो दुई टोलिबीच समूह चरणकै अन्तिम खेल बुधबार हुनेछ । फाइनलमा स्थान बनाउन माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जित्नै पर्ने दबाव छ । फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८ः४५ मा हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*