मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता
२२ असोज, हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन प्रस्ताव पेश गर्नुभएको छ ।
मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव शुक्रबार उहाँका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेशसभाका सचिव कृष्णहरि खड्कालाई बुझाउनु भएको हो । शाक्यले आफ्नो दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्न सूचना गरेको उल्लेख गरेकी छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन असोज २४ गते दिउँसो ३ बजे प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्नुभएको थियो ।