बागमती प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्न सिफारिस

स्वर्णिम खबर
२० आश्विन २०७८, बुधबार १८:११

२० असोज, हेटौँडा । बागमती प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्न सिफारिस गरिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्र लामाले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकमा विश्वासको मत लिने विषयमा कुनै पनि छलफल नभएको मन्त्री लामाले बताउनुभयो । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै भदौ ११ गते शुक्रबार प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको थियो । प्रदेशमा एकल बहुमत रहेको एमाले विभाजन भएर १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै अष्टलक्ष्मी नेतृत्वको सरकार पूर्णरुपमा अल्पमत परिसकेको छ । सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । बागमती प्रदेशमा हाल १ सय ९ सांसद छन् । सभामुखसहित ५६ सांसद रहेको एमालेको तर्फबाट एकल बहुमतको सरकार बनाएकी मुख्यमन्त्री शाक्यसँग हाल ४३ सांसदमात्र छन् । सरकार टिकाउन ५५ सांसद चाहिन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*